बुटवललमा थप दुई कोरोना संक्रमित पुरुषको मृत्यु


बुटवल । बुटवलको कोरोना विशेष अस्पतामा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालमा अनुसार बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचार गर्दागर्दे आज विहान मृत्यु भएको छ ।

मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन् ।यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको पनि मृत्यु भएको छ । मृत्तक दुवै जना पुरुष मिर्गौलाको डायलासिस गराइरहेका विरामी रहेको अस्पतालले जनाएको छ ।

योसगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ८२ पुगेको डा.गौतम बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial