मिर्मिरे लघुवित्तले १२.६३ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं, कार्तिक २७ – मिर्मिरे लघुवित्तले गत आर्थिक वर्ष (०७६/७७)को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

लघुवित्तको कात्तिक २६ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपश्चात सेयरधनीलाई वितरण हुनेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial