एक घण्टा पर सारे प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक


काठमाडौं । पार्टीको सचिवालय बैठक तोकिएकै समयसँग जुधाएर मन्त्रिपरिषद् बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को समय एक घण्टा पर सारेका छन्।

दिउँसो २ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो। शुक्रबार बसेको नेकपा सचिवालय बैठकले अर्को बैठक आज बुधबार एक बजेका लागि तोकेको थियो। पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार दिउँसो १ बजे बालुवाटारमै सचिवालय बैठक बस्न लागेको हो। तर आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोहि समयमा मन्त्रिपरिषद् बैठक रहेको भनी खबर गरिएको थियो।

पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा बादल सचिवालयको बैठकमा उपस्थित हुनुपर्ने बेलामा मन्त्रिपरिषद् बैठक राखिएको हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial