हङकङ्गको एक रेष्टुरेन्टमा आगलागी, ७ नेपालीको मृत्यु


एजेन्सी ।  हङकङको हङकङ्ग जोर्डनको क्यान्टोन रोडस्थित नेपालीले सञ्चालन गरेको एक रेष्टुरेन्टमा आइतबार राती आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ।

तिहारको बेला भएको यो ठूलो दुखद घटनाले हङकङका नेपाली स्तब्ध भएका छन्। आगलागीमा परेर १८ जना घाइते भएका छन। मृत्यु हुनेहरुमा चार पुरुष र तीन महिला रहेका छन। नेपालीहरुले नै संचालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको हो ।

जन्म दिनको पार्टी मनाइरहदाँ आगलागी भएको त्यहाँ रहेका नेपालीहरुले जानकारी दिएका छन । एनआरएनए हङकङ्गकी अध्यक्ष टिका गुरुङ्ग ‘राधिका’ले पनि आगलागीमा परि सात जना नेपालीको मृत्यु भएको पुष्टि गरेकी छिन।

हङकङको समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो। घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो।

हङकङमा यो पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोगिन एक जना पुरुष राती करिब ८ बजेर ३५ मिनेटमा झ्यालबाट चिच्याउँदै भाग्दै गर्दा खसेर घाइते भएका थिए।

अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार