प्रकाशित: मंगसिर १५, सोमबार, काठमाडौँ ।
राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले काठमाडौँमा विशाल प्रदर्शन गरेका छन् ।
आज माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरसम्म पुगेर कोणसभामा परिणत भएको थियो । राष्ट्रिय शक्ति नेपाललगाएतका संस्थाहरुको अगुवाईमा भएको प्रदर्शनमा राजतन्त्रको पक्षमा हजारौ व्यक्तिहरुको जमातले नाराबाजी समेत गरेका थिए । राजतन्त्र जिन्दाबाद, राजा आउ देश बचाउ, भ्रस्टाचार बन्द गर, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ , लगायतका नाराहरुले सडक तातेको थियो । प्रदर्शनमा राप्रपाका नेताहरुको समेत उपस्थिति थियो ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :