विद्युत चुहिएर झापाको दमक अस्पतालमा आगलागी


झापा । विद्युत चुहिएर झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ लाखौंको क्षति भएको छ । सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो ।

अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगलागी हुदाँ रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । अपराह्न २ः०० बजेदेखि लागेको आगलागीबाट अस्पतालका लागि चाहिने औषधी पूर्णरुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले बताए ।

नगरपालिकाका दुई दमकल, अस्पतालका कर्मचारी, प्रहरी तथा स्थानीयको सहयोगबाट करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial