इन्टरनेट सेवा प्रदायक संघको अध्यक्षमा पराजुली


काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का अध्यक्षमा सुधिर पराजुली निर्विरोध चयन भएका छन् ।

इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनका रुपमा रहेको संघको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध विर्चाचित भएका हुन् । संघका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नवीन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बाँस्तोला र कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् ।

यसैगरी संघका वरिष्ठ सल्लाहकारमा वर्ल्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा , सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएको संघले जनाएको छ ।

बुधबार भर्जुअल बैठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैठकमा संघका निवर्तमान अध्यक्ष एवं नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial