काठमाडौं । हालका लागि देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।
हाल देशका हिमाली भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना देखिएको छ ।
त्यस्तै देशका अन्य पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना छ ।
त्यस्तै देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।
त्यसैगरी आज राती देशको पहाडी भू–भागको मौसममा आंशिक बदली रहनेछ ।
त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :