काठमाडौं उपत्यकामा थपिए ३३९ जना कोरोना संक्रमित


काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो । काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

२४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण भएको छ र संक्रमित पुष्टि हुनेमा ५०२ जना रहेका छन् ।

 

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial