बामदेवविरुद्धको मुद्दा आज पेशीमा


काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य बामदेव गौतमविरुद्ध सर्वोच्चमा रहेको मुद्दाको आज पेशी तोकिएको छ । गौतम सांसद बन्नका लागि योग्य नरहेको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुन लागेको हो ।

गौतमको मुद्दा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा सुनुवाइ हुन लागेको हो ।

यसअघि अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रिय सभामा गौतमलाई सदस्य बनाउने निर्णय बदर गर्न तथा अन्य पद नदिन भन्दै रिट हालेका थिए । जसमा अदालतले गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश दिएको थियो ।

गौतम प्रतिनिधि सभाको निर्वाचनमा बर्दियामा कांग्रेसका उम्मेदवार सञ्जय गौतमसँग पराजित भएका थिए । उनी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएका हुन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial