प्रकाशित: मंसिर १, सोमबार, विराटनगर ।
हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहार अर्थात भाईटिका यस वर्ष २०७७, मंसिर १ गते (आज) मुलुकभर मनाइँदै छ ।
यमपञ्चकको अन्तिम दिन भैतकमा स्वेदश तथा विदेशमा रहेका हिन्दुहरुले परम्पराअनुसार दिदिबहिनीबाट दाजुभाईको दीर्घायु, सुख तथा समृद्धिको कामनाका साथ भाईटिका लगाईन्छ ।
यसबर्ष भाई टिकाको उत्तम साईत दिउँसो ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितीले जनाएको छ । भाइटीकाको उत्तम साइत दिउँसो ११:३७ देखि ३:०२ बजेसम्म रहनेछ ।
आफ्ना दाजुभाईलाई टिका लगाईदिदा धार्मिक बिधि अनुसार मण्डप बनाई अष्टचिरञ्जीवीका साथै यमराज र यमुनाको पुजा गरी कहिल्यै नसुक्ने तेलको घेरा हाली नओईलाउने मखमली, सयपत्री र दुवोको माला लगाईदिएर चिरायुको कामना गर्ने गर्दछन् ।
पौराणीक मान्यता अनुसार यमुनाले आफ्ना दाजु यमराजलाई यस दिन विशेष सम्मान पुर्बक पुजाआजा सहित भाईटिका लगाएको सम्झनामा यो परम्पराको सुरुवात भएको मानिन्छ ।
टिकामा साईतका प्रतिक सात वा पाँच रङ प्रयोग गरिनाका साथै दाजुभाईलाई सगुन, मिठाई, फलफुल, ओखर, कटुस, मसला तथा सेलरोटी खुवाउने चलन छ ।
दिदी बहिनीले टिका लगाईदिएपछि दाजुभाईहरुले पनि आफ्नो गच्छे अनुसार उपहार तथा दक्षिणा दिएर उनीहरुको अटल सौभाग्य, सुख, समृद्धि र चिरायुको कामना गर्ने गर्छन् ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :