कामना सेवाको नाफामा यसरी भयो आक्रामक वृद्धि


काठमाडौं, कार्तिक २५ – कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड १ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ९७२.९५% ले धेरै हो । गत वर्ष बैंकले १ करोड ८६ लाख ५१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि २५ करोड १५ लाख ८७ हजार रुपैयाँबाट बढेर ३८ करोड १५ लाख ७० हजार रुपैयाँ पुगेको । यस्तै, सञ्चालन नाफा पनि २ करोड ६२ लाख ५१ हजार रुपैयाँबाट बढाएर ८ करोड ४९ लाख १६ हजार रुपैयाँ पुर्याउन बैंक सफल भएको छ । तर खुद नाफामा अक्रामक वृद्धि हुनुको मुख्य कारण भने गैर सञ्चालन आम्दानी रहेको छ ।

गत वर्षको यसै अवधिसम्म ३ लाख ९२ हजार रुपैयाँ मात्र रहेको गैर सञ्चालन आम्दानी यस वर्ष २० करोड ९ लाख ६३ जार रुपैयाँ पुगेको छ । कामना सेवाले ३६अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  हाल यसको चुक्ता पुँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार रुपैयाँ रहेको छ । यस्तै, जगेडा कोषमा ५० करोड ३० लाख ४० हजार रुपैयाँ छ । कामना सेवाको खराब कर्जा पनि १.६१% बाट बढेर २.६४% पुगेको छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ५१ पैसा छ । यस्तै, प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ६२ पैसा रहेको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial