कांग्रेस परित्याग गरि १३ जना नेकपामा प्रवेश


कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिकामा नेपाली कांग्रेस परित्याग गरि १३ जना नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन। वागमती प्रदेश सांसद घनश्याम दाहाल अभिनासले उनिहरुलाई इच्छाकामना ४ कुरिनटारमा एक कार्यक्रमकाबिच अविर र खादा लगाई पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गरेकाहरु सबै वडा नम्बर ४ रहेको नेकपा वडा नम्बर ४ का अध्यक्ष रुद्र उप्रेतीले जानकारी दिए । पार्टी प्रवेश कार्यक्रममा नेकपा वागममती प्रदेश सदस्य प्रकाश अधिकारी, चितवन जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, जिल्ला सदस्य तथा इच्छाकामना अध्यक्ष दान बहादुर गुरुङ लगायतको उपस्थिति रहेका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial