सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो


काठमाडौँ , कात्तिक २६ – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि विज्ञानका हस्ती छन् । 

कार्यदल गठनपछि विज्ञप्तिमार्फत बाइडेनले भनेका छन्, ‘कोरोना महामारीसँग जुध्नु हाम्रो प्रशासनको सबैभन्दा ठूलो लडाइँ हुनेछ, म विशेषज्ञ र विज्ञानको सहायतामा निरन्तर यसबारे जानकारी लिनेछु ।’

यता, नेपालमा पछिल्ला दिनमा परीक्षणमा आएको कमीका कारण संक्रमित संख्यामा पनि कमी आएको छ । तर मृत्युदर भने उकालो लाग्दो क्रममा छ । हिउँद याममा संक्रमण थप बढ्न सक्ने विज्ञान र विज्ञको आकंलन हुँदा पनि सरकारले यो चुनौतीसँग लड्न प्रस्ट कार्ययोजना ल्याउन सकेको छैन । 

नेपालको सन्दर्भमा महामारी सुरु भएदेखि एकपछि अर्को गलत नीतिका कारण कोरोना महामारीविरुद्धको लडाइँ प्रभावकारी हुन सकेको छैन । – नागरिक दैनिक

The post सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.



.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial