सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँ घट्यो


काठमाडौं, कार्तिक २५ – नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्यात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुन तोलामा अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँ घटेको हो ।

सोमबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदी तोलामा १२१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य १२८५ रुपैयाँ रहेको थियो ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial