जन्मदिनमा आविष्कार केन्द्रलाई ५० हजार


गलकोट । गलकोट नगरपालिका–७ मल्म घर भई हाल जापानमा बस्दै आएका तुलवीर थापा ‘समर्पण’ले आफ्नो जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन् ।

शुक्रबार आविष्कार केन्द्रमै पुगी पत्रकार बबिता शर्मा र बैङ्कर्स शिव आचार्यले उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरेका हुन् । संयोजक पुनले प्रवासदेखि थापाले गरेको सहयोग र देखाउनुभएको सद्भावप्रति आविष्कार केन्द्र आभारी रहेको बताएका छन् ।

थापाले तत्काललाई रु ५० हजार सहयोग गरेपनि आउँदो एक वर्षसम्म हरेक महिना आफ्नो कमाइको रु पाँच हजार केन्द्रका लागि छुट्टाउने प्रतिबद्धता जनाएका छन् । त्योसमेत गरी थापाको सहयोग रकम रु एक लाख दश हजार पुग्ने छ । ‘जन्मदिनमा केही नयाँ काम गरौँ भन्ने थियो, आविष्कार केन्द्रकाबारेमा सुनेपछि त्यसमै सहयोग गर्ने सोच पलायो’ उनले भने । नौ वर्षअघि जापान पुगेका थापाको नागोयामा रेष्टुराँ व्यवसाय छ । व्यवसायसँगै सामाजिक सेवाका क्षेत्रमा पनि उनि सक्रिय छन् । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार