१९८० मा कोरोना संक्रमण ३०४३ निको भए



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ८० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन्। साथै ३ हजार ४३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा २ लाख २२ हजार २ सय ८८ जनामा संक्रमण पुष्टि भइसकेको छ।

२ लाख २ हजार ६७ जनालाई कोरोना संक्रमण निको भइसकेको छ। त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ३७ जनाले ज्यान गुमाएका छन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial