राजतन्त्र जिन्दावाद भन्दै विराटनगरमा जनसागर उर्लियो (भिडियो सहित)


प्रकाशित: कार्तिक २७, बिहिबार,  बिराटनगर । 
केही दिनअगाडिदेखि देशव्यापी रूपमा राजतन्त्र तथा हिन्दू राष्ट्रकाे पक्षमा र्‍याली तथा आमसभा हुदै आईरहेको बेला आज माेरङकाे विराटनगरमा राजतन्त्र तथा हिन्दू राष्ट्रकाे पक्षमा विशाल माेटरसाइकल र्याली निकालिएको  छ ।

राजासंस्था फर्काउन माग गर्दै समर्थकले विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका हुन्।

झापा, सुनसरी, माेरङलगायत विभिन्न स्थानबाट पूर्व राजा ज्ञानेन्द्र साहका समर्थन्मा सहभागि हुन आएका र्‍यालीले बिहीबार करीब १२ः३० बजे विराटनगरकाे मेन राेडमा हजाराैँकाे संख्यामा उपस्थित जमातले ‘राजा आऊ, देश बचाऊ’ , ‘ हाम्रो राजा हाम्रो देश , प्राण भन्दा प्यारो छ ‘ गणतन्त्र खारेज गर , आदि विषयका नारा सहित नगर परिक्रमा गरेका थिए।

राजनीतिक अस्थिरता बढेपछि जनतामा राजतन्त्र नै ठीक हाे भन्ने विश्वास देखिएकाे छ भने विगतका केही दिनदेखि देशका बिभिन्न ठाउँहरुमा राजा र राजतन्त्रको समर्थनमा र्याली जुलुस निकालिदै आइएको छ ।
हेर्नुहोस भिडियो :
भिडियो लिङ्क : https://youtu.be/pF9ZS6treOc

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial