शिवम् सिमेन्ट्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्‍न


काठमाडौं, कात्तिक २४ – शिवम् सिमिन्ट्स लिमिटेडले आ.व. २०७६-०७७ को पाँचौं वार्षिक साधारण सभा सम्पन्‍न गरेको छ । कम्पनी सञ्‍चालक समितिको तर्फबाट अध्यक्ष सुरेन्द्र कुमार गोयलले आ.व. २०७६।०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गदै कम्पनी सञ्‍चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी ४ अर्व ४० करोड को २४.२१ प्रतिशतका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सहभागी शेयरधनीले कम्पनीले कोरोना कहरका बीचमा पनि नेपाल सरकारले तोकेका सबै स्वाथ्य सुरक्षा मापदण्ड र प्रोटोकलको पूर्ण पालना गर्दै वेभिनारमार्फत समेत सहभागि गराई समयमै साधारण सभा सम्पन्न गरी शेयरधनीहरुमा सकारात्मक प्रभाव परेको बताए ।

कम्पनीका कार्यकारी सञ्चालक रघुनन्दन मारुले कम्पनीको पाँचौं वार्षिक साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुर्‍याएको भन्दै धन्यवाद दिएका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial