काठमाडौं । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।
बिहीबार गरेको पिसिआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार ज्वरो आएपछि केसीको पिसिआर गरिएको थियो ।
उनले डा. केसीलाई श्वासप्रश्वासमा पनि समस्या देखिएको र खोकी लागेको जानकारी दिएका छन् । कोरोना संक्रमण भएपछि उनको उपचार शिक्षण अस्पतालमा भइरहेको छ ।
केही दिनअघि मात्र डा. केसीले चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९औं पटक अनसन बसेका थिए ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :