अरिंगालको टोकाईबाट एक बालिकाको ज्यान गयो



प्रकाशित: मंसिर २, मङ्गलबार, स्याङ्जा ।

अरिङ्गालको टोकाइबाट स्याङ्जामा एक बालिकाको ज्यान गएको छ । अरिङ्गालको टोकाइबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष सूर्यप्रसाद गैह्रेकी छोरीको ज्यान गएको हो ।

गैह्रेकी १३ वर्षीया छोरी अतिथिको सोमबार साँझ उपचारका क्रममा पोखरामा ज्यान गएको हो । पुतलीबजार नगरपालिका १४ को तलामागेमा अरिङ्गालले टोक्दा ती बालिका गम्भीर घाइते भएकी थिइन् ।

सोमबार लामागेमा माथिल्लो घरबाट तल्लो घरमा भाइटीका लगाउन जाँदा उनलाई नजिकैको रुखमा रहेको अरिङ्गालको टोकाइबाट घाइते भएकी थिइन् । अतिथिसँगै अर्की बालिका पनि घाइते भएकी र उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार