उदयपुरमा १६ जनासहित शनिबार प्रदेश १ मा ४९८ सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये महिला १९८ र पुरुष ३०० रहेका छन् । थपिएको सङ्क्रमितमा मोरङमा २०२ मध्ये विराटनगरमा ११७, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६÷१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा दुईदुई, भोजपुरमा एक र प्रदेश बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ६१५ पुगेको छ भने आज ५२७ सहित अहिलेसम्ममा १३ हजार ५६७ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा सबै भन्दा बढी होमआइसोलेशनबाट ५२४ जना रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा दुई हजार ६७५ जना सहित कुल एक लाख ६९ हजार ९९५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

गण्डकीमा तीन जनाको मृत्यु

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । यस अवधिमा १७ जना निको भएका छन् ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या नौ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म निको हुने सङ्क्रमित चार हजार ८५२ रहेका छन् । सङ्क्रमणका कारण हालसम्म १०३ जनाले ज्यान गुमाउनुका साथै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ ।

आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन

कोरोना महामारीको समयमा अस्पतालमा उपचारत बिरामीलाई रगतको कमी नहोस् भन्ने उद्देश्यका साथ नेपाल सङ्गीतकर्मी सङ्घ कास्कीद्वारा आयोजित आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन भएको छ ।

कोरोना महामारीसँगै ठाउँ ठाउँमा रगतको अभाव रहेको अवस्थालाई दृष्टिगत गर्दै आकस्मिक रक्तदान गरिएको सङ्घका सल्लाहकार कृष्ण रानाभाटले जानकारी दिए । रक्तदान कार्यक्रममा पोखरा महानगरपालिका वडा ४ का वडाध्यक्ष शंकर वास्तोला, पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुना वास्तोला, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्यद्वय राजकुमार हुमागाई र सन्तोष अधिकारी, गण्डकी प्रदेशका महासचिव तथा जिल्ला सल्लाहकार कृष्णप्रसाद गौतम, संघका अध्यक्ष ऋषिराम दाहाल लगायतले कोरोना महामारीको जोखिम बढिरहेको अवस्थामा आ आफ्ना तवरबाट सजग बन्नुको विकल्प नभएको बताए ।

महामारीका समयमा गरिएको आकस्मिक रक्तदानले अस्पतालमा रगतको अभावमा छटपटाएका बिरामीका लागि राहत मिल्नेमा उनिहरूले जोड दिए । रासस

शनिबार प्रदेश १ मा ४९८ सङ्क्रमित थपिए, गण्डकीमा थप तीन जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये महिला १९८ र पुरुष ३०० रहेका छन् । थपिएको सङ्क्रमितमा मोरङमा २०२ मध्ये विराटनगरमा ११७, सुनसरीमा १३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६/१६, इलाममा आठ, धनकुटामा तीन, पाँचथर, सोलुखुम्वु, संखुवासभा र तेह्रथुममा दुईदुई, भोजपुरमा एक र प्रदेश बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ६१५ पुगेको छ भने आज ५२७ सहित अहिलेसम्ममा १३ हजार ५६७ जना निको भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेमा सबै भन्दा बढी होमआइसोलेशनबाट ५२४ जना रहेको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा दुई हजार ६७५ जना सहित कुल एक लाख ६९ हजार ९९५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

/

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७८ जना कोरोना सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । यस अवधिमा १७ जना निको भएका छन् ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या नौ हजार १७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशमा हालसम्म निको हुने सङ्क्रमित चार हजार ८५२ रहेका छन् । सङ्क्रमणका कारण हालसम्म १०३ जनाले ज्यान गुमाउनुका साथै सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६२ पुगेको निर्देशनालयले जनाएको छ ।

आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन

कोरोना महामारीको समयमा अस्पतालमा उपचारत बिरामीलाई रगतको कमी नहोस् भन्ने उद्देश्यका साथ नेपाल सङ्गीतकर्मी सङ्घ कास्कीद्वारा आयोजित आकस्मिक रक्तदानमा ३० युनिट रगत सङ्कलन भएको छ ।

कोरोना महामारीसँगै ठाउँ ठाउँमा रगतको अभाव रहेको अवस्थालाई दृष्टिगत गर्दै आकस्मिक रक्तदान गरिएको सङ्घका सल्लाहकार कृष्ण रानाभाटले जानकारी दिए । रक्तदान कार्यक्रममा पोखरा महानगरपालिका वडा ४ का वडाध्यक्ष शंकर वास्तोला, पोखरा उद्योग वाणिज्य संघकी सदस्य मुना वास्तोला, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्यद्वय राजकुमार हुमागाई र सन्तोष अधिकारी, गण्डकी प्रदेशका महासचिव तथा जिल्ला सल्लाहकार कृष्णप्रसाद गौतम, संघका अध्यक्ष ऋषिराम दाहाल लगायतले कोरोना महामारीको जोखिम बढिरहेको अवस्थामा आ आफ्ना तवरबाट सजग बन्नुको विकल्प नभएको बताए ।

महामारीका समयमा गरिएको आकस्मिक रक्तदानले अस्पतालमा रगतको अभावमा छटपटाएका बिरामीका लागि राहत मिल्नेमा उनिहरूले जोड दिए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial