एनआईसी एशिया लघुवित्तले चालू आवको पहिलो त्रैमासमा कमायो ६ करोड ४९ लाख नाफा


काठमाडौं, २८ कार्तिक – एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। संस्थाले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार उक्त खुद नाफा कमाएको देखिएको हो ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जर प्रक्रियामा रहेको एनआईसी एशिया लघुवित्तले सो अवधिसम्ममा  जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ लाख ४४ हजार रुपैयाँ बढी हो। लघुवित्तको खुद ब्याज आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११ करोड २३ लाख रुपैयाँबाट बढेर १७ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ८ करोड ७९ लाख रुपैयाँबाट बढेर १० करोड ३२ लाख रुपैयाँ पुगेको छ।

१ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३७ करोड ५३ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी १ अर्ब ४५ लाख रुपैयाँ र जगेडा कोषमा १६ करोड २९ लाख रुपैयाँ थियो। असोज मसान्तसम्ममा लघुवित्तले ९७ करोड ९१ लाख रुपैयाँ निक्षेप र १० अर्ब २२ करोड रुपैयाँ सापटीबाट ७ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial