१६ सय ६९ मा संक्रमण ५६ सय ९९ निको भए



काठमाडौं ।
  नेपालमा पछिल्लो २४ घण्टामा प १६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार आज देशभर ५६ सय ९९ जना संक्रमित कोरोनामुक्त भएका छन्।

त्यसैगरी, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय २१ पुगेको छ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार