सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं, कात्तिक १६ – सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आइतबार(आज ) अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लभांश वितरण प्रयोजनार्थ भोलि (कात्तिक १७ गते) बुकक्लोज हुने छ ।

बैंकले १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने गरी १६ औँ वार्षिक साधारण सभा डाकेको छ । सो लाभांश प्रस्ताव पारित गर्न बैंकले कात्तिक २८ गते, आम्रपाली ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११:०० बजे साधारणसभा बोलाएको हो ।

यस अनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश पनि प्राप्त गर्न सक्नेछन् । सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial