कोरोना खोप आपूर्ति शहज बनाउन राष्ट्रपतिद्वारा अध्यादेश जारी



प्रकाशित: मंसिर ३, बुधबार काठमाडौँ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि अध्यादेश जारी गरेकी छन् । कोरोना भाइरस (कोभिड- १९)को औषधि पत्ता लागेपछि नेपालमा आयातका लागि कानुनी प्रतिकूलता नहोस् भनेर सरकारले अध्यादेश सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले ‘औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७’ बुधबार जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको अध्यादेशसम्बन्धि विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७७ साल मंसिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ ।’

अध्यादेश जारी भएपछि कोरोनाको खोप आयात गर्नका लागि सहज हुने बताइएको छ । संसद् अधिवेशन नभएको अवस्थामा सरकारले तत्काल कानुन जारी गर्नुपर्ने भए अध्यादेश ल्याउने गरेको छ । यसरी जारी भएको अध्यादेश आगामी संसद् अधिवेशनबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार