६ वर्षीया बालिकाको हत्या, बलात्कारपछि हत्याको शंका



प्रकाशित: मंसिर ९, मङ्गलबार, महोत्तरी ।

महोत्तरीको बर्दिबास– १४ बाट अपहरित ६ वर्षीया बालिकाको शव सोमबार अबेर राती हत्या गरी फालिएको अवस्थामा भेटिएको छ । घर नजीकैबाट आइतबार साँझदेखि हराइरहेकि शहिद आलमकी ६ वर्षीया छोरी गुलाब शाह खातुनको शव हत्या गरी बोरामा राखेर फालिएको अवस्थामा भेटिएको महोत्तरी प्रहरी प्रमुख एसपी टिकाबहादुर केसीले जानकारी दिए । 
 

बर्दिबास-१४ स्थित सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा हत्या गरेर बोरामा राखेर झाडीमा फालेको बालिकाको शव भेटिएको हो । हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले गौशाला— ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको एसपी केसीले बताए । उनका अनुसार ति युवकले आरोप स्वीकारसमेत गरेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial