गण्डकी प्रदेशमा कोराना नियन्त्रणका लागि २५ करोड २६ लाख खर्च !


काठमाडौं, कार्तिक २५ – विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि २५ करोड २६ लाख रूपैयाँ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड-१९ रोकथाम कोषको ३४ करोड ७० लाख रूपैयाँबाट हालसम्म सो मात्राको खर्च भएको जानकारी गराएका हुन् ।

डा. केसीका अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई पाँच करोड २७ लाख ७३ हजार रुपैयाँ जोखिम भत्ता उपलब्ध गराइएको छ । त्यसैगरी, ४७ गाउँपालिका र नगरपालिकाका क्वारेन्टिन व्यवस्थापनका लागि पनि एक करोड ५३ लाख रुपैयाँ उपलब्ध गराइएको छ । ८५ स्थानिय तह भए पनि जहाँ जहाँ क्वारेन्टिन सञ्चालन छन् त्यहाँ मात्र रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial