देशभर २४ घण्टामा १९१३ कोरोना संक्रमित थपिए, कहाँ कति ?


काठमाडौं, कात्तिक २७ – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १ हजार ९१३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमतिको कुल संख्या २ लाख ४ हजार २४२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक हजार १८९ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३४९ जना संक्रमणमुक्त भएका छन् भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ जना पुगेको छ | यस्तै देशभर हालसम्म ३८ हजार ४६१ जना सक्रिया संक्रमित रहेका छन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial