प्रधानमन्त्री ओली ताप्लेजुङमा, इलामको सीमावर्ती नाका हेरेर फर्कने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली गाउँ घुन्सा पुगेका छन्।​ घुन्सा फाउण्डेसनले निर्माण गरेको सामुदायिक स्वास्थ्य इकाइको उद्घाटनका लागि सोमबार घुन्सा पुगेका हुन्। १२ दिनअघि संखुवासभाको यात्रा गरी फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार पुन पूर्वका दुई जिल्ला भ्रमणका लागि पुगेका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार उत्तरी नाका ओलाङचुङगोलाको पनि अवलोकन गर्ने कार्यक्रम छ । ओलाङचुङगोला जानुअघि ताप्लेजुङको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य चौकीको भवन उद्घाटन गर्ने उनले बताए ।

त्यसपछि भने प्रधानमन्त्री ओली इलाम जानेछन् । इलामको सन्दकपुर गाउँपालिकाको सीमावर्ती क्षेत्रमा निर्माण भएको बोर्डर आउट पोष्ट बीओपीको निरिक्षण गर्नेछन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial