कवाडी गोदाममा आगलागी



लहान । सिरहाको लहान नगरपालिका –३ स्थित एक कवाडी गोदाममा बुधबार आगलागी हुँदा करीब रु २५ लाख मूल्य बराबरको क्षति भएको छ ।

लहान नगरपालिका ३ मा रहेको रामनारायण महतो र साबिर मियाँले संयुक्त रुपमा सञ्चालन गरेको सो गोदाममा आगलागी हुँदा त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए । आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial