काठमाडौं । हाल देशभरको मौसममा प्रभाव पार्ने उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन ।
हाल प्रदेश न. १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका थेरै भू–भागको मौसममा आंशिक बदली रहेको छ ।
त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभरको मौसम सामान्यतय सफा रहने छ ।
तर अपरान्हपछि पहाडी भू–भागको मौसममा आंशिक बदली रहने विभागले जनाएको छ ।
त्यसैगरी आज राती देशका पहाडी भू–भागको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको छ ।
त्यस्तै देशका अन्य भू–भागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Post a comment
आफ्नो प्रतिक्रिया दिनुहोस् :