मोरङमा हातहतियार तथा गोली गठ्ठासहित शेर्पा पक्राउ



प्रकाशित: मंसिर ७, आईतबार, मोरङ ।

मोरङमा अवैध हातहतियार र गोली गठ्ठासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उर्लावारी नगरपालिका-६ बाट प्रहरीले फक्ताङलुङ गाउँपालिका-२ ताप्लेजुङका ३२ वर्षीय पेम्बा साङगे शेर्पालाई पक्राउ गरेको हो ।

उक्त स्थानमा केही व्यक्तिहरु हातहतियारसहित लुकिछिपी बसिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

शेर्पाको साथबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको पेस्तोल १ थान, उक्त पेस्तोलको गोली ३ राउण्ड, म्यागजिन १ थान, विभिन्न किसिमका कागजपत्र, ३ वटा मोबाइल, ब्याग ८ थान र ज्याकेट १८ थान बरामद भएको प्रहरीले जनाएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार