डा. गोविन्द केसीलाई कोरोनाभाइरस संक्रमण, शिक्षण अस्पतालमा उपचार हुँदै


काठमाडौं । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई कोरोनाभाइरस संक्रमण भएको छ ।

बिहीबार गरेको पिसिआर परीक्षणमा डा. केसीलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार ज्वरो आएपछि केसीको पिसिआर गरिएको थियो ।

उनले डा. केसीलाई श्वासप्रश्वासमा पनि समस्या देखिएको र खोकी लागेको जानकारी दिएका छन् । कोरोना संक्रमण भएपछि उनको उपचार शिक्षण अस्पतालमा भइरहेको छ ।

केही दिनअघि मात्र डा. केसीले चिकित्सा शिक्षामा सुधारको माग गर्दै १९औं पटक अनसन बसेका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार