घुस लिएको अभियोगमा हवल्दारविरुद्ध मुद्दा


रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनीविरुद्ध विशेष अदातलमा मंगलबार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीको जातीय विभेदसम्बन्धी मुद्दा मिलाइदिने भन्दै हवल्दार सहनीले रु चार लाख घुस लिएको आरोप लागेको छ । आयोगको टोलीले केही दिन पहिले सहनीलाई स्थलमै पक्राउ गरेको थियो ।
आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial