५ वर्षपछि खुल्यो रानीपोखरीको बालगोपालेश्वर मन्दिर


काठमाडौं। काठमाडौं । रानीपोखरीको बिच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर आज पाँच वर्षपछि भाइटीकाको दिन खुल्ला गरिएको छ ।

दिदीबहिनी नहुनेहरूले यस मन्दिरमा पूजा गर्ने र टीका लगाउने चलन छ । बालगोपालेश्वर मन्दिर वर्षको एक दिन भाइटीकाको दिनमा मात्र खुल्ने गर्दछ । वि.सं. २०७२ सालको गोरखा भूकम्पले क्षति पुर्‍याएपछि बन्द रहेको रानीपोखरी हालै पुनर्निर्माण सम्पन्न भएसँगै भाइटीकाको अवसरमा खुल्ला गरिएको हो।

रानीपोखरी आज र भोलिका लागि खुल्ला रहने छ। काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको हो।

पुनस्निर्माणपछि पहिलोपटक मन्दिर खुला गर्न लागिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्। वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।

यस वर्ष मङ्सिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदै छ । मङ्‍गलबार पनि किजापूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ। त्यसैले रानीपोखरीको बालगोपालेश्वर मन्दिर २ गते पनि खुल्ला गरिने भएको हो।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार