आगलागीको कारण पत्ता लगाउन ललितपुर महानगरद्वारा समिति गठन


ललितपुर । ललितपुर महानगरपालिकाले महानगरको फोहोर मैला व्यवस्थापन केन्द्रमा भएको आगलागीको कारण पत्ता लगाउन अध्ययन समिति गठन गरेको छ ।

महानगरको वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवालेको संयोजकत्वमा समिति गठन गरेको महानगरका प्रमुख चिरीबाबु महर्जनले बताए ।

उक्त समितिमा महानगरका प्रवक्ता राजु महर्जन, वडा नं ८ का वडाध्यक्ष हेम महर्जन, फोहोर मैला केन्द्रका प्रमुख सुरेन्द्रराज अवाले र मेकानिकल इन्जिनियर पुष्कर भट्टराई रहेका छन् ।

उक्त केन्द्र महानगरको वडा नं ८ मा पर्छ । चक्रपथ बालकुमारी खरिबोटस्थित उक्त केन्द्रमा शुक्रबार अपरान्ह आगलागी भएको थियो ।
आगलागीको अवलोकन गर्न पुगेका प्रमुख महर्जनले घटना भएको एक सातमा अध्ययन प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।

केन्द्रका प्रमुख अवालेले आगलागी सुरु भएको एक घण्टामा आगो नियन्त्रण भएको बताए । केन्द्रमै भएका कर्मचारीले ‘फायर एस्टिङ्ग्वेसर’ प्रयोग गरेर आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए ।

आगो पूर्णरुपमा निभाउन ललितपुर वारुणयन्त्र शाखाबाट दमकल आएको थियो । सिसडोल ल्याडफिल्ड साइटमा फोहोर पु¥याउनु अघि ललितपुर महानगरपालिकामा उठेको फोहोर यो केन्द्रमा अस्थायी रुपमा जम्मा गरिन्छ ।

केन्द्रमा आगलागी भएपनि ललितपुरभित्रको फोहोर निरन्तर उठिरहेको अवालेले जानकारी दिए । उनले भने, ‘चाडपर्वमा अरु बेलाभन्दा धेरै फोहोर संकलन हुन्छ, फोहोर संकलन भइरहेको छ ।’

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial