प्रचण्डसहित नेकपाका पाँच नेताको बैठक धुम्बाराहीमा


काठमाडौं। प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि आक्रोसित बनेका बहुमत सचिवालय सदस्यहरू आज भेला हुने तयारीमा छन्।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले आज दिउसो ४ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले विधानबमोजिम बैठक बोलाउनु भनेर पार्टी महासचिव विष्णु पौडेललाई निर्देशन दिएपछि प्रचण्डसहित असन्तुष्ट पाँच नेताले आज सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि कात्तिक २१ गते प्रचण्डले कार्यकारी अधिकार प्रयोग गर्दै बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल अनुपस्थित थिए।

धुम्बाराहीमा बसेको सचिवालयको बहुमत सदस्यको भेलाले प्रधानमन्त्री ओलीसँग सामूहिक भेटघाट गर्ने निर्णय गरेको थियो भने भोलिपल्ट ४८ घन्टे अल्टिमेटम दिएर बैठक बोलाउन माग गरेका थिए। तर, असन्तुष्ट पक्षले दिएको ४८ घन्टे अल्टिमेटम हिजै सकिएको भए पनि प्रचण्डले आज मात्रै सचिवालय बैठक बोलाएको स्रोतले बतायो।

नेकपाभित्र विवाद बढदै जाँदा प्रधानमन्त्री ओलीले हिजो महासचिव पौडेललाई विधानअनुसार बैठक बोलाउनु भनेर तोक लगाएको पत्र प्रचण्डलाई बुझाएका थिए। आज पनि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई खुमलटार पठाएर विवाद हल गर्ने प्रयास गरेका थिए।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial