आफन्त तथा साथीभाइलाई विभिन्न उपहार सामग्री पठाउन सकिने गरी ‘हाम्रो गिफ्ट’ सेवा सुरु


काठमाडौं, २६ कार्तिक – हाम्रो पात्रो एपले हाम्रो गिफ्ट सेवा सुरु गरेको छ। नेपालका आफन्त तथा साथीभाइलाई विभिन्न उपहार सामग्री पठाउन सकिने गरी ‘हाम्रो गिफ्ट’ सेवा सुरु गरिएको हाम्रो पात्रोले जानकारी दिएको छ।

तिहारलाई लक्षित गर्दै कम्पनीले सेवा सुरु गरेको प्रिअर्डर लिन थालिसकेको छ। उपहार सामग्री र मिति चयन गरी प्रि-अर्डर गर्न सकिने कम्पनीले जनाएको छ। यसरी चयन गरिएको मितिमै गिफ्ट सम्बन्धित व्यक्तिलाई डेलिभर हुनेछ। कम्पनीले नोभेम्बर १६ सम्म २५ डलरभन्दा माथिको अर्डरमा डेलिभरी निःशुल्क गरेको उल्लेख गरेको छ।

भाई टीकाका लागि विशेष रुपमा भाइमसलाका तीन वटा कम्बो प्याक तयार पारिएका छन्। जसमा भ्यालु प्याक, स्ट्यान्डर्ड प्याक र प्रिमियम कम्बो प्याक रहेका छन्। यी भाइमसला हाम्रो गिफ्टमा गएर अर्डर गरेपछि आफूले दर्ता गराएको मितिमा नेपालका सम्बन्धित व्यक्तिलाई हाम्रो पात्रोका प्रतिनिधिले हस्तान्तरण गर्नेछन्।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial