कोरोनाविरुद्धकाे पहिलो खोप ‘स्पुतनिक भी’ ९२ प्रतिशत सफल भएको रुसको दावी, तेस्रो खोप पनि तयार हुँदै


एजेन्सी । विश्वमै सबैभन्दा पहिलो कोरोना भाइरसविरुद्धको खोप तयार पारेको दावी गर्दै आएको रुसले आफ्नो पहिलो खोप स्पुतनिक भी ९२ प्रतिशत सफल रहेको दावी गरेको छ ।

रुसको दावी अनुसार अन्तरिम परीक्षणबाट स्पुतनिक भी खोप ९२ प्रतिशत सफल सावित भएको हो ।

यसअघि सोमबार फाइजर र बायोटकले पनि आफ्नो खोप ९० प्रतिशत सफल सावित भएको बताएको थियो ।

हाल स्पुतनिक भी खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । बेलारुस, यूएई, भेनेजुयला, भारतलगायतका देशमा तेस्रो चरणको परीक्षण चलिरहेको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

रुसले अहिलेसम्म तीन वटा खोप बनाएको दावी पनि गरेको छ । रुसले अगस्तमा पहिलो खोप अर्थात स्पुतनिक भी बनाएको थियो ।

यसपछि १४ अक्टोबरमा दोस्रो खोप एपिभेककोरोना बनाएको थियो । त्यस्तै अहिले तेस्रो खोप पनि बनाएको रुसले दावी गरेको छ ।

रुसको चुमाकोभ सेन्टर अफ रसियन एकेडेमी अफ साइन्सेजले तेस्रो खोप बनाएको हो । यो खोपले यही बर्षको डिसेम्बरसम्ममा परीक्षणको अनुमति पाउने जनाइएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार