गाेरखामा निःशुल्क स्वास्थ्य शिविर


गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ स्थित सिङ्लामा सम्पन्न निःशुल्क दन्त शिविरमा १५० बिरामीले सेवा लिएका छन् ।

हिमालय यात्रा नामक संस्थाद्वारा आयोजित सो तीनदिने स्वास्थ्य शिविरमा दन्तरोग सम्बन्धी बिरामीको निःशुल्क उपचार गरिएको थियो । शिविरमा उपचारका लागि आएकाहरुलाई स्वास्थ्य उपचारसँगै दाँत निकाल्ने लगायतका सेवा प्रदान गरिएको संस्थाका रामबहादुर गुरुङले जानकारी दिए ।

उपचारका लागि आएका मध्ये धेरैजसोमा दाँत दुख्ने समस्या रहेको पाइएको उनको भनाई छ । उनले भने, ‘एकसय जना भन्दा बढीको बिग्रिएका दाँत झिक्ने काम भयो ।’ अधिकांश उपचारका लागि आएकाहरुमा नियमित दाँत नमाझ्ने समस्या रहेको दाँत नै झिकेर फ्याक्नु पर्ने अवस्था आएको चिकित्सको भनाई छ ।

लायन्स क्लव ३२५ बी १ का सिनियर एम्बेस्डर अफ गभर्नर अजित खड्काको संयोजकत्वमा भएको दन्त शिविरमा दन्त चिकित्सक शंकर श्रेष्ठ, निरोज क्षेत्री, मनोज हमाल लगायतले सेवा दिएका थिए । विकट गाउँमै दन्त शिविरमा दाँतको निःशुल्क उपचार पाएपछि सिङ्लाबासी समेत खुशी भएका छन् । सो अवसरमा शिविरमा आएकाहरुलाई करिब ६ वटा ब्रस तथा ६ सय वटा मञ्जन समेत वितरण गरिएको आयोजकले जनाएका छन् ।

टोलीमा सहभागी लायन्स तथा लियो क्लवका प्रतिनिधिहरुले सो क्रममा स्थानीयबासीको आँखाको समस्याको बारेमा पनि अध्ययन गरेको र आगामी दिनमा आँखाको रोगको शिविर पनि राख्न सकिने जनाइएको छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार