कथा "सपनाभित्रको सपनामा मेरी आमा" - मनिष पोखरेल


प्रकाशित: मंसिर ३, बुधबार, विराटनगर ।

"सपनाभित्रको सपनामा मेरी आमा"- कथा

हिजो कान्छी हजुरामाको बर्ष दिन अघिल्लो दिन देखि नै घरको सबै काम आफैँ गर्नु पर्ने थियो। झन वर्ष दिनेको दिन घरको काम र यता वर्ष दिनको काम घर र काका घर गर्दै दिनभर काममा बेस्त भइयो। खाना खाने बेला पनि करिब दुई बजे मात्र भयो । खाना खाएपछि जिउमा आलस्य छायो घर आएँ टाउको पनि जोडले दुखेको थियो। 


ढल्किएर मोबाइल चलाउन थालेँ,आँखा पोल्न थाले अनि एकछिन सुतेँ निदाएको रहेछु मोबाइलमा घण्टी बज्यो ब्युँझिएँ। आँखा हेर्न नि गाह्रो भयो मलाई। टाउको पनि चौपट्टै दुखेको थियो। खाना आफैँले पकाउनु पर्ने थियो। जिउ उठाउन मन छैन । त्यही पनि साहस बटुलेर उठेर खाना पकाएँ सबैले खायौँ । कोठामा झरेर मोबाइल खेलाउन र साथीहरुसँग कुरा गर्न थाले तर मेरो टाउको दुखाइले मैले मोबाइल हेर्न सकिन आफ्नो बिसन्चो साथीलाई सेयर गरेर सुत्ने कोसिस गरे अर्ध निन्द्रामा भएको भान भयो मलाई ।

मेरो सिरानीको माथि भित्तामा सिसाको फ्रेममा एउटा धमिलो ब्ल्याक एन्ड ह्वाइट फोटो झुन्ड्याएर राखेको छु जुन फोटो मेरी आमाको हो। मलाई आमाको वास्तविक अनुहार याद छैन कसैले आमाको बारे सोध्यो भन्ने झट्ट मेरो दिमागमा त्यही तस्वीर आउँछ। सपना र विपना छुट्याउन सकिन मेरो छेउमा त्यही फोटोको तस्वीरको हुबहु अनुहार आएको चाल पाएँ एक मनले खुसी पैदा भयो मलाई केही बिसन्चो भएको बेला मेरी आमा छेउमा आउनु भयो भन्ने लाग्यो अर्को मनमा डर पैदा भयो मेरी आमा त यो संसारमा हुनुहुन्न कसरी मेरो छेउमा आउनु भयो तर मैले सपना देख्न छाडिन म पहाडको पुरानो घरको एउटा कुनामा सुतेको रहेँछु, त्यहीँ कुनामा मेरो छेउमा बसीरहेकी आमाले बाबु तिमीलाई केही हुन्न यता हेर त भन्दै मेरो टाउको सुमसुम्याउदै त्यही हामी बसेको ठाउँलाई देखाउँदै तँलाई यही छोडेर हिडेको बर्सौं भयो भनेपछि मैले त्यो ठाउँलाई नियाल्न थालेँ बिचमा अगेनो अगेनोको छेउमा सुकुल ओछ्याएको बस्ने ठाउँ बसेर अडेसा लाग्न मिल्ने आट अनि त्यो आटको पछाडि गाग्री राख्ने गग्रेटो यति देखे पछि म जुरुक्क उठेँ र ढोकापटी आएँ मुल ढोकाको पूर्व पटी गग्रेटाको छेउबाट निस्किन मिल्ने जस्केलो देखेँ अनि ढोका छेउबाट माथि चढ्ने काठको लिस्नो लिस्नुको छेउमा परेबाको गुँड मलाई लिस्नु चडेर माथि जान मन लाग्यो माथि गएँ ।

त्यहाँ हेर्दा सब अचम्म लाग्यो कुनै चिज देखे जस्तो लागेन अनौठो ठाउँमा पसे जस्तो लाग्यो तर त्यहाँ माइली दिदी हुनुहुँदो रहेछ म तल झर्न खोजे तर एक्कसी दिदीले समात्नु भयो तैँले तल जान मिल्दैन म रुन थालेँ आमा तल हुनुन्छ म तल जान्छु तर मलाई माहिली दिदीले तल झर्न दिनु भएन छेउमा एक्कासी साइलो दाइलाई देखेँ तल ठूलो कल्याङमल्याङ आवाज आयो एक्कसी घर भन्दा मस्तिरको डिलमा शङ्ख बजेको आवाज आयो म आमा की आमा भन्दै चिच्याएँर दिदीको हातबाट फुत्किएर लडेँ एक्कसी निन्द्राबाट बिउँझिएँ डरले मुटु काम्न थाल्यो कोठामा बत्ती बलिराखेकाले सबै दृश्य देखेँ आफ्नै कोठामा भएको थाहा भयो हतारहतार मोबाइल हेरे १०:२९ भएको रहेछ । 

साथीलाई फेसबुकमा म्यासेज गरेँ रिप्लाई आएन अनि बाहिर निस्किएर यताउता हेरे बाथरुम छिरेर मुख धुएँ आएर ढल्किएर सपना सोचेँ त्यही पुरानो घर मैले थाहा पाउँदा सिडिनेर परेवाको गुँड र मथिल्लो तलाको दृश्य याद छैन अरु हुबहु त्यही घर जुन घर म ८,९ वर्षको भएपछि भत्काएर अर्को घर बनाएको अलि अलि याद छ । मलाई आमा बितेको याद नै छैन तर आज सपनामा त्यही पुरानै घरका विविध दृश्य तर आमाको अनुहार भने दुरुस्त फोटो देखेको भन्दा नि हुन्छ पुनः आज आमाको मृत्यु भएको जस्तो सपना देखेँ अचम्ममा परेँ। फोटो निकालेर हेरेँ र ढोगेँ अनि त्यही ठाउँमा झुन्ड्याएँ जिउमा आलस्यता र टाउको दुखाइ उत्तिकै छ । 

साथीलाई मेसेन्जरमा कल लगाएँ कल रिजेक्ट गरेर म्यासेजमा कुरा भयो यो सब कुरा भन्ने आँट आएन टाउको दुखेर निदाउन सकिन र अनलाइन आएको भने पछि एकछिन अरु गफ भए उनलाई मैले सुत्न प्रेरित गरेँ नमाने पछि आफू पनि सुत्ने बहानामा नेट अफ गरेर एउटा सानो आमाको यादको कविता लेखेर आमा छोराको फोटोसहित फेसबूकमा पोस्ट गरेँ । 

बेला बेलामा फोटो कै तस्वीरको चेहरामा आमाको सपना देख्थेँ तर हिजो भने विल्कुल फरक सपना। मनमा डर र खुसी दुबै पैदा हुन्छ खुसी यस कारणकी मैले सपनामा भएनी केही छिन आमाको साथमा रहन पाएँ र त्यो मलाई जन्म दिएको र छोडेर गएको कुनोको ओछ्यान देख्न पाएँ र डर यस कारण लाग्छ्की स्वर्गीय आमासँग यसरी सपनामा साथ भएर बोल्नु,बस्नु र पुराना दृश्य आउनु कतै मेरो पनि समय नजिक आएको पो हो कि यस्तै यस्तै सोचमा रातभर मन अतालियो, बिहानको ४,५ बजेतिर निदाएँछु बिहान करिब ८ बजे उठ्दा निन्द्रा नपुगे जस्तो तर जिउ हलुका भएको टाउको दुखाइ निकै कम भएको महसुस भयो तर सपना सोच्द अझै पनि मन अतालिन्छ तर पनि मनलाई दह्रो पारेर मनलाई नै भन्छु मृत्यु निश्चित छ मर्न मन त कसलाई पो हुन्छ र न मेरी आमालाई थियो न मेरो ८५ वर्षको बुबालाई नै छ न अरु कसैलाई हुन्छ मर्न मन कसैलाई हुँदैन तर एक दिन सबैले मर्नै पर्छ तर बाँचुन्जेल कर्म छाड्न हुन्न भनेर मनलाई सम्झाउँदै कार्यतिर लाग्छु। 

आमाको अनुहार,माया र स्नेह थाहा नपाए पनि बेलाबेलामा सपना भने देख्ने गर्छु र लाग्छ भौतिक शरीर मबाट टाढा भए पनि आमा मेरो वरिपरि नै हुनुहुन्छ र बेला बेला सपनामा आएर भए पनि मातृस्नेह प्रदान गरिरहनु भएको छ।

आमाप्रति हार्दिक नमन !

वास्त्विकता भन्दा पनि अति नै वास्तविक मेरो सपनाको "कथा"

✍️लेखक:  मनिष पोखरेल 

विराटनगर ३, पुष्पलाल चोक

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार