प्रदेश १ मा ५१६ डिस्चार्ज, ३१५ सङ्क्रमित थपिए



विराटनगर ।
प्रदेश १ मा मंगलबार ३१५ जना सङ्क्रमित थपिएका छन् भने ५१६ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमितमा १२४ महिला र १९१ जना पुरुष छन् ।

थपिएका सङ्क्रमितमा मोरङमा १०० मध्ये विराटनगरमा ६३, झापामा ८३, सुनसरीमा ७९, उदयपुरमा १४, धनकुटामा १३, भोजपुरमा तीन, ओखलढुङ्गा, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा दुई÷दुई, इलाम र पाँचथरमा एक÷एक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ५१३ पुगेको छ भने अहिलेसम्ममा १५ हजार ३१५ जना निको भएर घर फर्किएका छन् । अहिले पनि यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १९८ रहेको छ ।

यस प्रदेशमा एक हजार १७९ जनासहित एक लाख ७३ हजार ६७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । होमआइसोलेशनबाट डिस्चार्ज हुनेको सङ्ख्या ५१० छन् भने छ जना अन्य स्थानबाट डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial