कोरोना रोकथाममा सचेतना जगाउदै कांग्रेस नेता जोशी


काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीले घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

नेता जोशीले काठमाडौंको क्षेत्र ८ मा कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीको सम्बन्धमा जानकारीमूलक विषयहरु लिएर घरदैलो कार्यक्रमको आयोजना गरेका हुन् । विभिन्न चिकित्सकसहितको टोली बनाएर नेता जोशीले केही दिनदेखि घरदैलो कार्यक्रम आयोजना गरिरहेका छन् ।

काठमाडौं क्षेत्र ८ आफ्नो निर्वाचन क्षेत्र पनि भएकाले सचेतनाका लागि आफ्नो दायित्व पूरा गर्न घरदैलो कार्यक्रम आयोजना गरिएको नेता जोशीले बताए । जनताको घरदैलोमा गएर कोरोना संक्रमणबाट कसरी बच्ने, मास्क कसरी लगाउने, भौतिकदूरी कायम गर्ने, नियमित हात धुने, स्यानिटाइज गर्नेलगायत विषयमा जानकारी गराएको नेता जोशीले बताए ।

शनिबार घरदैलो कार्यक्रममा सहभागी भएका वीर अस्पतालका चिकित्सक डा. भुपेन्द्र बस्नेतले कोरोनाबाट कसरी बच्‍न सकिन्छ, के कस्तो समस्या आउँछ, मास्क लगाउन किन जरुरी छ, हात धुन किन जरुरी छ भन्ने कुरामा जनचेतना फैलाउन टोलटोलमा पुगेको बताए ।

घरदैलो कार्यक्रमका क्रममा प्रत्येक घरमा मास्क वितरणसमेत गरिएको छ । यस्तै कुनै पनि समस्या आए चिकित्सकलाई सीधै फोन गरी आवश्‍यक सुझाव र सल्लाह लिने व्यवस्था मिलाइएको पनि डा. बस्नेतले बताए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार