भैसे–भीमफेदी सडक स्तरोन्नतिको शिलान्यास


वाग्मती । मदनभण्डारी मार्ग अन्तर्गत भैसेदेखि भीमफेदीसम्मको सडकको स्तरोन्नति कार्यको शिलान्यास गरिएको छ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाले निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

प्रदेश सरकारले निर्माण गर्न लागेको पोष्टबहादुर बोगटी सुरुङमार्गको दक्षिणी खण्डको रुपमा यसको स्तारोन्नति गर्न लागिएको हो । कूल लागत रु ६३ करोड ७० लाख ६५ हजारमा सडकलाई १० मिटर चौडा पार्ने, नाला निर्माण गर्ने, तारजाली एवं पर्खाल लगाउने तथा कालोपत्रे गरिने प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।

दुईवर्ष भित्र सक्ने गरी हेटौंडाको आशिष डिएस जेभीले गत असार २४ मा निर्देशनालयसँग ठेक्का सम्झौता गरेको छ । कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री फुँयालले सो सडकको स्तारोन्नति तोकिएको समय भित्रै सम्पन्न हुने बताए । उनले गुणस्तर र विकासको द्रुतता सरकारको चाहना भएको धारणा राखे ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले प्रदेश सरकारले सञ्चालन गरेका योजनाको सफलताका लागि गाउँपालिका हदैसम्मको सहयोग र सहकार्य गर्न तत्पर रहेको उल्लेख गर्दै सडक चौडा गर्ने क्रममा विस्थापित हुने झण्डै सय परिवारको उचित व्यवस्थापनमा सघाउन प्रदेश सरकारलाई आग्रह गरे । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial