कोरोना कहरबीच सिन्धुलीगढी विजयोत्सव मनाइयो


सिन्धुली । कोरोनाको कहरबीच सिन्धुलीको कमलामाइ नगरपालिकाले सिन्धुलीगढी विजयोत्सव मनाएको छ ।

नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले ठूलोगढीमा रहेको झण्डोतोलन गर्दै विजयोत्सवको सुरुवात गरेका थिए । नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेको थियो ।

कोरोना भाइरसको महामारीका कारणले यस पटक भव्यताका साथ महोत्सव नमनाइएको खत्रीले जानकारी दिए । खत्रीले कोरोना कहरबीच विगतको निरन्तरता दिन सानो कार्यक्रम बताए ।

सिन्धुली गढीमा महत्त्वपूर्ण युद्ध संग्रहालय, दरबार र योद्धाको शालिक बनाउदै गरेको जानकारी उनले दिएका छन् । यी संरचना बन्दा सिन्धुली गढीको महत्व थप बढ्ने विश्वास नगरपालिकाको रहेको छ ।

कार्यक्रममा बोल्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले सिन्धुली गढीको महत्व थप बढ्दै गएको बताए । कार्यक्रममा स्वागत गर्दै नगर उपप्रमुख मञ्जु देवकोटाले सिन्धुलीगढी थप विकसित हुँदै गएको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले महासंघले २०६७ देखि सुरू गरेको विजयोत्सव मनाउने अभियानले थप सार्थकता पाउँदै गरेको बताए । कार्यक्रममा सिकारी सरदार वंशु गुरूङ स्मृति प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरूङ लगायत वंशुका सन्तानहरू तनहुँको ढोर जस्पुरबाट सहभागी भएका थिए ।

कोरोना कहरबीच सहभागी वंशुका सन्तानले कमलामाइ नगरपालिकालाई ४० हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

सिन्धुलीगढीमा गोर्खाली फौजले अंग्रेज फौजलाई असोज १५ गते पराजित गरेपनि विगत १० वर्षदेखि कात्तिक २४ गते विजयोत्सव मनाउन थालिएको छ ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial