प्रहरी कार्यालय भवन समयमै बनाउन निर्देश



पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले तनहुँको बन्दीपुरमा निर्माणाधीन इलाका प्रहरी कार्यालयको भवनको आज अनुगमन गरेका छन् । 

हालसम्मको प्रगति विवरण बुझ्नका मन्त्री चुमानले भवनको अनुगमन गरेका हुन् । अनुगमनपछि मन्त्री चुमानले समयमै गुणस्तरीय भवन निर्माण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए। 

विसं २०७६ फागुन १७ गते सम्झौता भएको भवन २०७७ फागुन १७ गतेभित्र सम्पन्न गर्ने म्याद रहेको छ । 

रु तीन करोड ३२ लाखमा काभ्रेस्थित ब्राइट मल्टि कन्स्ट्रक्सनले भवन निर्माणको ठेक्का पाएको छ । प्रदेश सरकारले बन्दीपुरका साथै आँबुखैरेनी र घिरिङमा पनि प्रहरी कार्यालयको भवनका लागि बजेट विनियोजन गरेको मन्त्री चुमानले बताए । रासस

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार