एनआईसी एशिया बैंकले २० प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं, कार्तिक २८ – एनआईसी एशिया बैंक लिमटेडले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले २३ औं वार्षिक साधारण सभा मंसिर २१ गते बोलाएको छ ।

सभा बैंकको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे भर्चुअल माध्यमबाट उपस्थित हुनसक्ने गरी शेयरधनीहरुलाई आईडी र पासवर्डको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

साधारण सभा प्रयोजनाको लागि बैंकले मंसिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।  बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले सो सभामा उपस्थित हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial