सचिवालय बैठक बोलाउन ओली तयार, आज बस्ने भनिएको बैठक स्थगित


काठमाडौं । प्रधानमन्त्री एवंं नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपा सचिवालय बैठक बोलाउन तयार भएका छन् । ओली सचिवालय बैठक बोलाउन तयार भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको बैठक भोलिसम्मका लागि सरेको छ ।

ओली र प्रचण्डसँग परामर्स गरेपछि महासचिव विष्णु पौडेलले भोलि दिउँसो ४ बजे बैठक बस्नेगरी सबै सचिवालय सदस्यलाई खबर गरेका छन् । सचिवालय बैठक बस्न अस्वीकार गरेका ओली तयार भएपछि प्रचण्डले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गरेर बोलाएको बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।

प्रचण्डनिकट एक सचिवालय सदस्यले ओली आफै उपस्थित हुने भनेर खबर आएपछि भोलिका लागि बैठक सारिएको जानकारी दिए । उनले बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने जानकारी दिए । लामो समयदेखि ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गरेका थिए ।

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial