रत्नपार्कको नाम बदल्नु गलत कार्य : राप्रपा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रत्नपार्कको नाम बदल्न लागेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति जनाएको छ । दशकौँदेखि नामाकरण भएर आएका संरचनाको नाम आज अचानक बदल्नु उचित नभएको पार्टीले बताएको हो ।

पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राजा महेन्द्रको रानी मुमा वडामहारानीको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्न पार्कको नाम बदल्नु दुई कारणले अनुचित ठान्दछौं । पहिलो यो कार्यले मुमा बडामहारानी रत्नप्रति अन्याय भएको छ । दोश्रो, यो नामाकरणले नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमूल्यन गरेको छ ।’

.

प्रतिक्रीया दिनुहोस :

कमेन्ट गर्नुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस् :

अघिल्लो समाचार अर्को समाचार
close
HTML tutorial